
बैतडी–शिक्षकहरुको आन्दोलनका कारण बैतडीको दोगडाकेदार गाउँपालिकाले परीक्षा स्थगित गरेको छ । आधारभूत तह कक्षा ५ र ८ को ग्रेड वृद्धि परीक्षा स्थगित गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले एक सूचना जारी गर्दै यही वैशाख १२ गतेदेखि हुने भनिएको कक्षा ५ र ८ को ग्रेड वृद्धि परीक्षा स्थगित गरिएको जनाएको छ । शिक्षक महासंघको नेतृत्व भइरहेको आन्दोलनका कारण उक्त परीक्षा अर्को सूचना नहुँदासम्मका लागि स्थगित गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्दराज जोशीले बताए ।
शिक्षकहरुको आन्दोलनका कारण भर्ना अभियान लगायतका नियमित शैक्षिक क्रियाकलापहरु अवरुद्ध भएका छन् । यस्तै विद्यालयमा हुने ग्रेडवृद्धि लगायतका परीक्षाहरु स्थगित हुँदा विद्यार्थीहरु पनि मार्कामा परेका छन् ।
प्रकाशित मिति: सोमबार, वैशाख ८, २०८२ ०७:१६
प्रतिक्रिया दिनुहोस्