Sagun Khabar
बैतडी जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी पुर्चौडीले जित्यो

बैतडी - बैतडीको पुर्चौडीमा सम्पन्न १५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि पुर्चौडी नगरपालिकाले जितेको छ । पुर्चौडी १ स्थित कमल विशाल पार्कमा सम्पन्न  भएको प्रतियोगितामा पुर्चौडी नगरपालिकाले ९ स्वर्ण १० रजत र ७ कास्य गरी २६ पदक हात पार्दै उपाधि जितेको हो ।

शुक्रबार सम्पन्न प्रतियोगितामा दोगडाकेदार गाउँपालिकाले द्वितिय स्थान हासिल गरेको छ । दोगडाकेदारले   ९ स्वर्ण, ३ रजत र १ कास्य गरी १३ पदक जितेर  द्वितीय स्थान हासिल गरेको हो ।

Atrya hospital

प्रतियोगितामा मेलौली नगरपालिकाले तृतीय स्थान  प्राप्त गरेको छ ।  मेलौली नगरपालिकाले ८ स्वर्ण, ६ रजत र ६ कास्य गरी २० पदक हात पार्दै तृतीय स्थान हात पारेको हो । 

पाटन नगरपालिकाले ३ स्वर्ण २ रजत र ४ कास्य प्राप्त गरेको छ । सिगास गाउँपालिकाले ७ स्वर्ण ६ रजत ५ कास्य प्राप्त गरेको छ । शिवनाथ गाउँपालिकाले १ रजत र २ कास्य प्राप्त गरेको छ । दनपाले स्वर्ण ३, १२ रजत र ६ कास्य प्राप्त गरेको छ ।

डिलासैनी गाउँपालिकाले १ स्वर्ण, ३ रजत प्राप्त गरेको छ । सुर्नया गाउँपालिकाले २ स्वर्ण र २ कास्य प्राप्त गरेको छ । पन्चेश्वर गाउँपालिकाले १ रजत ३ कास्य प्राप्त गरेको छ ।गत बर्षको प्रतियोगितामा प्रथम स्थान हासिल गरेको मेलौली नगरपालिकाले यस बर्ष भने तेस्रो स्थानमा चित्त बुझाएको छ ।

जिल्ला खेलकुद विकास समिती बैतडीको आयोजना तथा पुर्चौडी नगरपालिकाको सह आयोजनामा यहि बैशाख ३ गते देखि १५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता सुरु भएको थियो ।

प्रतियोगितामा बैतडीका १० वटै स्थानिय तहको सहभागिता रहेको थियो । 

प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२  २०:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update