Sagun Khabar
शिक्षक महासंघका जायज माग सम्बोधन गर्न सुर्नया गाउँपालिकाको सरकारलाई आग्रह

बैतडी-  बैतडीको सुर्नया गाउँपालिकाले शिक्षक महासंघले गरिरहेको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै शिक्षा मन्त्रीलाई पत्र पठाएको छ । सुर्नया गाउँपालिकाका अध्यक्ष अम्मर बहादुर कुवरले आवश्यक सहजीकरणका लागि शिक्षामन्त्री विद्या भट्टराईलाई पत्र पठाएका हुन् । 

मन्त्रीलाई पठाएको पत्रमा "नेपालको संबिधान जारी भई संध,प्रदेश र स्थानिय तहको संघीय संरचना बमोजिम तिन तहमा किभाजन भएको करिब एक दशक बितिसक्दा पनि संघियताको प्रभाबकारी कार्यान्वयनका लागी समयसाक्षेप कानुन निर्माण भई जारि हुनु पर्नेमा हाल सम्म पनि नेपालको शिक्षा ऐन जारी हुनु नसक्नु गम्भिर बिषय रहेको छ, जसले गर्दा बिद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारिहरुका पेशागत माग तथा हकहितका बिषयहरु समबोधन हुनु सकेका छैनन् पत्रमा भनिएको छ । 

Atrya hospital

काठमाण्डौँमा गत चैत्र २० गतेदेखि सुरुभएको अनिश्चित आन्दोलन बाट शैक्षिक सत्र २०८२ को भर्ना अभियानको समय र बिद्यालयका नियमित कामकाजमा समेत प्रत्यक्ष प्रभाव परिरहेको हुँदा नेपालको संविधानको मर्म अनुसार तत्काल संघिय शिक्षा ऐन जारी गरि बिद्यालयका शिक्षकहरुका जायज माग पुरा गरी समग्र शिक्षा क्षेत्रमा रहेका समस्याहरुको अन्त्य गर्न नेपाल सरकार समक्ष हार्दिक अपिल गर्दछौँ," अध्यक्ष कुवरद्धारा हस्ताक्षेरित पत्रमा उल्लेख गरिएको छ ।  

शिक्षक तथा विद्यालय कर्मचारीहरुको न्यायपूर्ण आन्दोलनमा सुर्नया गाउँपालिकाको तर्फबाट ऐक्यबद्धता समेत रहेको उनले बताए । 

देशभरका शिक्षकहरु विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै काठमाडौंमा आन्दोलन गरिरहेका छन् ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०८२  १८:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update