Sagun Khabar
अपि हिमाल गाउँपालिकामा पाँचदिने होम स्टे ब्यबस्थापन तथा रैथाने पाक शिक्षा तालिम  सम्पन्न

दार्चुला- दार्चुलाको अपि हिमाल गाउँपालिकामा सञ्चालन गरिएको पाँचदिने होमस्टे ब्यबस्थापन तथा रैथाने पाक शिक्षा तालिम कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

नेपाल सरकार महिला बबालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोग,अपिहमिाल गाँउपालिकाको समन्वय एवं आरती फाउन्डेसन नेपालको आयोजनमा, राष्ट्रपति महिला सशक्तीकरण परियोजना अन्तर्गत पाँचदिने होमस्टे ब्यबस्थापन तथा रैथाने पाक शिक्षा तालिम कार्यक्रम सम्पन्न भएको अपिहिमाल गाँउपालिकाकी उपाध्यक्ष देबकी बोहराले बताइन् ।

पालिकाको वडा न. १,२,३,४ का महिलाहरुलाई तालिम दिइएको उपाध्यक्ष बोहराले बताइन । गाउँमा भएका महिलाहरुलाई आर्थीक उपार्जनमा सक्षम बनाउन तालिमको आयोजना गरिएको उनले बताइन ।

तालिमा स्थानिय खानाका परिकार जिरा भात,जोगी भात,फर्सीको हलुवा,फर्सीको बल,केराको चिप्स,सिस्ने मःम,च्याख्लाको खिर,टिवेतियन रोटि, पिडालु चप,लालिगुराँसको जुस लगायत बिभिन्न परिकारहरुको बारेमा तालिम दिइएको हो ।

प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१  १८:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update