
बैतडी- बैतडीको पाटन नगरपालिकाले यहि चैत्र ३१ गते (आइतबार) शोक बिदा दिएको छ ।
पाटन नगरपालिका अन्तर्गत पशुपन्छि सेवा शाखामा कार्यालय सहयोगी पदमा कार्यरत मनिराम बिष्टको निधन भएकाले आइतबार शोक बिदा दिइएको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
बिष्टकोे चैत २८ गते असमायिक निधन भएको थियो । आईतबार नगरपालिका मातहतका सबै सरकारी कार्यालयहरुमा शोक बिदा रहेको नगरपालिकाको सुचनामा उल्लेख गरिएको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१ १७:३३
प्रतिक्रिया दिनुहोस्