
बैतडी- बैतडीको पाटनमा रहेको भुमेश्वर मायाघरलाई करिब तिन सय थान कपडा सहयोग गरीएको छ । लायन्स क्लब अफ महेन्द्रनगर कञ्चनपुरका सचिब गजेन्द्र लेखकले बैतडीमा रहेको भुमेश्वर मायाघरलाई तिन सय थान कपडा सहयोग गरेकोे भुमेश्वर मायाघरका सञ्चालक मानबहादुर चन्दले बताए ।
भुमेश्वर मायाघरलाइ उपलब्ध गराएको लुगा जेष्ठ नागरिक र आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारलाई वितरण गर्ने गरिएको चन्दले बताए । भुमेश्वर मायाघरले विपन्न नागरिकहरुलाई सहयोग गर्दै आइरहेको छ ।
विभिन्न दाताहरुबाट संकलित सहयोग विपन्न नागरिकहरुलाई वितरण गर्ने गरिएको चन्दले बताए ।
प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१ १७:०८
प्रतिक्रिया दिनुहोस्