Sagun Khabar
सुर्नयामा प्रभावकारी बन्दै ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम 

बैतडी–बैतडीको सुर्नया गाउँपालिकाले सञ्चालन गर्दै आएको ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम प्रभावकारी बन्दै गएको छ । गाउँपालिकाले हरेक बर्ष सञ्चालन गर्दै आएको यो कार्यक्रमले मातृ तथा शिशु मृत्युदर कमी ल्याएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए । 

प्रत्येक स्वास्थ्य संस्थामा सेवा क्षेत्रभित्रमा गर्भवती आमाहरुको निशुल्क अल्ट्रासाउण्ड गर्ने उद्देश्य अनुसार ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम सञ्चालनमा ल्याइएको महराले बताए । गर्भावस्थाका बिषयमा हुन सक्ने जटीलताहरुलाई समयमै पत्ता लगाइ आमा र शिशुको मृत्युलाई रोक्न यो कार्यक्रमले ठूलो योगदान पुर्याएको स्वास्थ्य शाखा प्रमुख महराले बताए । 

Atrya hospital

तालिमप्राप्त जनशक्तिबाट गर्भवती आमाहरुको स्वास्थ्य संस्थामै निशुल्क रुपमा अल्ट्रासाउण्ड गर्ने गरिएको हटैराज स्वास्थ्यचौकीमा प्रमुख प्रकाश चन्दले बताए । 

गाउँपालिकाका स्वास्थ्य संस्थाहरुमा सञ्चालन हुने ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रममा सिनियर अनमी मेनका शाही र अनमी शान्ति बडालले सेवा दिँदै आएका छन् । 

चालु आर्थिक बर्षको अहिलेसम्म ६ ठाउँमा ग्रामीण अल्ट्रासाउण्ड शिविर सञ्चालन गरिएको चन्दले बताए । 

वडा नं ८ स्थित भूमीराज आधारभूत स्वास्थ्य केन्द्रमा सञ्चालन भएको शिविरमा १७ जना गर्भवती आमाहरुको अल्ट्रासाउण्ड गर्दा १ जनामा समान्य जटीलता देखिएको छ । यस्तै वडा नं ७ स्थित शिखरपुर स्वास्थ्यचौकीमा १४ जना, शिखरपुर सामुदायिक स्वास्थ्य इकाइमा १३ जना, वडा नं ६ स्थित शंकरपुर स्वास्थ्यचौकीमा ७ जना, वडा नं ४ स्थित भौनेली स्वास्थ्यचौकीमा ३६ जना र वडा नं ३ स्थित वासुलिङ्ग स्वास्थ्यचौकीमा १५ जनाले सेवा लिएका चन्दले बताए । 

गर्भवती आमा र पेटभित्रको बच्चाको अवस्थाका बिषयमा अल्ट्रासाउण्ड गर्दा जानकारी प्राप्त हुने र केही जटीलता भएमा समयमै सुविधासम्पन्न अस्पतालमा रेफर गर्न सहज हुने सिनियर अनमी मेनका शाहीले बताइन् । ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रमले मातृ तथा शिशु मृत्यु रोक्नका लागि महत्वपूर्ण योगदान पुर्याएको उनले बताइन् । 
 

प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  ०८:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update