Sagun Khabar
शिक्षकको आन्दोलनमा स्थानीय सरकारको समर्थन जुट्दै, शिवनाथले शिक्षा मन्त्रीलाई पठायो पत्र 

बैतडी –नेपाल शिक्षक महासंघको नेतृत्वमा आन्दोलन गरिरहेका शिक्षकहरुको आन्दोलनलाई स्थानीय सरकारहरुले समर्थन गर्न थालेका छन् । शिक्षकहरुका जायज मागलाई सम्बोधन गर्नुपर्ने भन्दै स्थानीय सरकारहरुले संघीय सरकारको ध्यानाकर्षण गराएका हुन् । 

बैतडीको शिवनाथ गाउँपालिकाले शिक्षक महासंघले गरिरहेको आन्दोलनमा ऐक्वबद्धता जनाउँदै शिक्षा मन्त्रीलाई पत्र पठाएको छ । 

शिवनाथ गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले आवश्यक सहजीकरणका लागि शिक्षामन्त्री विद्या भट्टराईलाई पत्र पठाएका हुन् । 

Atrya hospital

मन्त्रीलाई पठाएको पत्रमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १६ वर्ष र नेपालको संघीय संविधान जारी भएको ९ वर्ष बितिसक्दा पनि संघीय शिक्षा ऐन जारी हुन नसक्नु विडम्बनापूर्ण भएको उल्लेख गरिएको छ । 

समयमै विद्यालय शिक्षा ऐन जारी नहुँदा पेशागत मागहरु सम्बोधन नहुनुका साथै शिक्षा क्षेत्रमा समस्या पैदा भएको पत्रमा उल्लेख गरिएको छ । 

शिक्षकहरुको आन्दोलनले बैतडीजस्ता विकट क्षेत्रहरुमा पठनपाठनमा समेत अवरोध भएकाले वर्तमान समस्या समाधान गर्न पत्रमार्फत आग्रह गरिएको गाउँपालिका अध्यक्ष साउँदले बताए । 

शिक्षक तथा विद्यालय कर्मचारीहरुको न्यायपूर्ण आन्दोलनमा शिवनाथ गाउँपालिकाको तर्फबाट ऐक्यबद्धता समेत रहेको उनले बताए । 

देशभरका शिक्षकहरु विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै एक हप्तादेखि काठमाडौंमा आन्दोलनमा गरिरहेका छन् । 

shibnath-1744117912.jpg
 

प्रकाशित मिति: मंगलबार, चैत २६, २०८१  १८:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update