Sagun Khabar
बैतडीको शिवनाथमा निशुल्क बृहत आँखा शिविर सञ्चालन हुने

 बैतडी –बैतडीको शिवनाथ गाउँपालिकाले दुई दिने निशुल्क बृहत आँखा शिविर सञ्चालन गर्ने भएको छ । 

शिवनाथ गाउँपालिकाको आयोजना र च्यारिटी हेल्थ फाउण्डेसन नेपालको प्राविधिक सहयोगमा आँखा शिविर सञ्चालन गर्ने तयारी भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह महताले बताए । 

Atrya hospital

आगामी वैशाख १२ र १३ गते गाउँपालिकाको केन्द्र सुल्लेखानमा शिविर सञ्चालनको तयारी भएको महताले बताए ।

शिविरमा आँखा परीक्षण तथा परामर्श सेवा, आँखाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया लगायतका आँखा सम्बन्धी समस्याहरुको चेकजाँच गरिने भएकाले आँखाको समस्या भएका नागरिकहरुलाई शिविरमा आएर सेवा लिन आग्रह गरिएको छ । 

गाउँपालिकाबासीहरुलाई स्थानीयस्तरमै आँखा उपचार सेवा प्रदान गर्ने उद्देश्यले शिविरको आयोजना गर्न लागिएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले बताए । उनले भने, ‘हामीले गाउँपालिकाबासीको आधारभूत स्वास्थ्य सेवामा पहुँच पुर्याउनका लागि पहल गरिरहेका छौं । सामान्य आँखाको उपचारका लागि गाउँपालिकाबासीहरुले अयन्त्र जान नपरोस भनेर शिविर सञ्चालनको तयारी गरेका छौं ।’

आँखामा देखिएको समस्याको समाधानका लागि नागरिकले अयन्त्र जानुपर्ने बाध्यता रहेकाले शिविरको आयोजना गर्न लागिएको हो । गाउँपालिकाले हरेक बर्ष आँखा शिविरमार्फत नागरिकलाई आँखा उपचार सेवा प्रदान गर्दै आएको छ । 

shibir-eye-1744115198.jpg
 

प्रकाशित मिति: मंगलबार, चैत २६, २०८१  १८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update