Sagun Khabar
दशरथचन्द नगरपालिकाले स्थापना दिवस मनायो, नगर बस सेवा उद्दघाटन 

बैतडी –बैतडीको दशरथचन्द नगरपालिकाले तेश्रो स्थापना दिवस तथा २९ औं बार्षिकोत्सव आइतबार विविध कार्यक्रमका साथ मनाएको छ । 

२०५३ साल चैत २४ गते दशरथचन्द नगरपालिकाको कार्यालय स्थापना गरिएको थियो । सरकारले २०५३ साल चैत १४ गते दशरथचन्द नगरपालिका स्थापना गर्ने निर्णय गरेको थियो । 

२०७९ सालको निर्वाचनमा पुष्कारराज जोशी(लख्खाभाइ)को नेतृत्वमा नयाँ नगर सरकार बनेपछि स्थापना दिवस मनाउन थालिएको हो । 

Atrya hospital

दिवसको अवसरमा चैत २२ गते सरसफाइ कार्यक्रमको आयोजना गरिएको थियो । 

दिवसको अवसरमा आज नगरपालिकाको सभाहलमा अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरिएको नगरपालिकाका योजना शाखा प्रमुख राजेश खत्रीले बताए । दशरथचन्द नगरपालिकाका प्रमुख पुष्करराज जोशी (लख्खाभाइ)को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय प्रमुख अतिथी रहेका थिए । 

नगर स्थापना दिवस कार्यक्रममा नगर उपप्रमुख कौशिला चन्द, वडा अध्यक्ष, कार्यपालिका सदस्य, नगरपालिकाका कर्मचारी लगायतको सहभागिता रहेको थियो । 

नगर स्थापना दिवसकै अवसर पारेर नगरपालिकाले केही दिन पहिला खरीद गरेको नगर बस सेवाको उद्दघाटन समेत गरिएको छ । पूजाआजासहित नगर बस सेवाको उद्दघाटन गरिएको नगरपालिकाका सूचना अधिकारी राजेन्द्र बिष्टले बताए । 

नगर बसलाई गढीबाट नगरपालिकाको वडा नं १ मुस्याचोर, वडा नं ९ र ११ को सीमा क्षेत्रसम्म चलाएर पुर्याइएको थियो । 

नगर बस सेवाको औपचारिक रुपमा उद्दघाटन गरिएको र नयाँ बर्षदेखि नियमित रुपमा सेवा सञ्चालन गर्ने तयारी भएको दशरथचन्द नगरपालिकाका प्रमुख जोशीले बताए । उनले भने, ‘चुनावका बेला नागरिक सामु गरेको प्रतिबद्धता पूरा गर्न पाउँदा निकै खुसी लागेको छ । यसरी नै नगरबासीको इच्छा र चाहना अनुसार नगरपालिकाले काम गर्दै जाने विश्वास दिलाउन चहान्छु ।’

नगरपालिकाले नगर बस सेवा सञ्चालन कार्यविधि २०८० समेत पारित गरिसकेको छ । सोही कार्यविधि अनुसार नगर बस सेवा सञ्चालन गरिने नगरपालिकाले जनाएको छ । 

20250406_163544-1743940028.jpg
 

प्रकाशित मिति: आइतबार, चैत २४, २०८१  १७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update