Sagun Khabar
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल बैतडीको अध्यक्षमा खाती चयन 
Atrya hospital

बैतडी –राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल जिल्ला कार्यसमिति बैतडीको अध्यक्षमा बिरबहादुर खाती चयन भएका छन् । 

शनिबार सम्पन्न तेश्रो जिल्ला अधिवेशनले खातीको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । उक्त समितिको उपाध्यक्षमा लोकेन्द्र नाथ, महिला उपाध्यक्षमा टिकेश्वरी ओझा, सचिवमा प्रतापसिंह नायक, उपसचिवमा हिक्मतबहादुर कुँवर, कोषाध्यक्षमा किरणबहादुर बोहरा लगायत अन्य सदस्यहरु रहेका छन् । 
 

प्रकाशित मिति: आइतबार, चैत २४, २०८१  १०:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update