Sagun Khabar
एमाले बैतडीको २१औँ पुर्ण बैठक सम्पन्न

बैतडी - २ दिन सम्म सञ्चालन भएको नेकपा एमाले बैतडीको २१औँ पुर्ण बैठक शनिबार सम्पन्न भएको छ । बैठकले पार्टीको सदस्यता बितरण गर्ने देखी जिल्ला भित्र रहेका कमिटिहरुलाई पुर्णता दिने लगायतका निर्णयहरु गरेको छ । 


पार्टिले नयाँ सदस्यता प्रदान गर्नुका साथै सदस्यता नविकरण गर्ने निर्णय भएको कार्यालय सचिव सरस्वति नेपालीले बताइन् । यसैगरि जिल्लाभित्र रहेका हरेक कमिटिहरुलाई गठन तथा पुर्नगठन गर्ने निर्णय भएको उनले बताइन् । 

Atrya hospital


अहिले नेकपा एमाले बिभाजन भई माधव नेपाल पक्ष अलग भएको अवस्थामा एमालेको पहिलो जिल्ला स्तरीय बैठक सम्पन्न भएको हो । उक्त बैठकले जिल्ला स्थीत सबै जनवर्गिय संगठन र बिभागका प्रमुखहरुको टुंगो लगाएको पार्टिका प्रचार प्रसार बिभाग प्रमुख रमिल बमले बताए । अहिले जिल्लाका बिभिन्न ठाउँमा पार्टिका वडा कमिटि र पालिका कमिटिहरुले भेला तथा संगठन बिस्तारका कार्यक्रमहरु गरिरहेको उनले बताए । 


वर्तमान अवस्थामा पार्टिका केहि कमिटिहरुलाई पुर्णता दिनुपर्ने हुदाँ आगामी असोज ३गते संबिधान दिवसको अवसर पारी सबै कमिटिहरु घोषणा गर्ने बैठकले निर्णय गरेको छ । 


पार्टिका जिल्ला कमिटि अध्यक्ष सुरेन्द्र पालको अध्यक्षतामा सम्पन्न भएको बैठकमा केन्द्रीय सदस्य तथा प्रदेश कमिटि सचिव राजेन्द्र रावल प्रमुख अतिथी रहेका थिए ।


यसैगरी बैतडी जिल्ला इन्चार्ज एंव केन्द्रीय सदस्य पुरनसिंह दयाल, डडेल्धुरा जिल्ला अध्यक्ष प्रकाश साउद, संघिय सांसद दामोदर भण्डारी, प्रदेश कमिटि सदस्य तथा प्रदेश सांसद पठान सिंह बोहरा, लिलाधर भट्ट लगायतका नेता कार्यकर्ताहरुको सहभागीता थियो । 
 

प्रकाशित मिति: आइतबार, भदौ ६, २०७८  १८:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update