Sagun Khabar
बैतडीमा ट्याक्टर दुर्घटना 

बैतडी–बैतडीमा ट्याक्टर दुर्घटना हुँँदा दुई जना समान्य घाइते भएका छन् । 

जिल्लाको दोगडाकेदार गाउँपालिका–६ चमतडीस्थित महाकाली राजमार्गमा चमतडीबाट गोकुलेशवरतर्फ जाँदै गरेको ना ६ त ६२९३ नम्बरको ट्याक्टर आफै अनियन्त्रित हुँदा शुक्रबार बिहान १० बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए । 

Atrya hospital

उक्त दुर्घटनामा ट्याक्टर चालक कञ्चनपुरको वेदकोट नगरपालिका–५ लालपुरका गणेश नेपाली र दार्चुलाको लेकम गाउँपालिकाका दुर्गादत्त भट्ट घाइते भएका उनले बताए । उनीहरु दुवै जना गोकुलेश्वर अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेका प्रहरी निरीक्षक पाण्डेयले बताए । 

ट्याक्टर सडकबाट करीब २५ मिटर तल खसेको जनाइएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, चैत १, २०८१  १८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update