
बैतडी–बैतडीको पुर्चौंडी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्वका लागि तीनओटा विद्यार्थी संगठनहरुले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् ।
स्ववियु सभापतिका लागि तीन जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत नवराज जोशीले जानकारी दिए । विद्यार्थी संगठनहरुबीच भएको सहमति अनुसार आज मनोनयन दर्ता गरिएको उनले बताए ।
सभापति पदका लागि नेविसंघबाट उत्तरा महरा, अनेरास्ववियुबाट विष्णुदत्त अवस्थी र अनेरास्ववियु क्रान्तिकारीबाट गीता भण्डारीको उम्मेदवारी दर्ता भएको छ । यस्तै सचिव पदमा नेविसंघबाट सन्दिप भण्डारी, अनेरास्ववियुबाट लक्ष्मी अवस्थी र अखिल क्रान्तिकारीबाट कमल कुँवर, कोषाध्यक्ष पदमा नेविसंघबाट भागरथीकुमारी जोशी, अनेरास्ववियुबाट बविता साउँद र अखिल क्रान्तिकारीबाट अनिषाकुमारी भट्टको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत जोशीले बताए ।
यस्तै सदस्य पदका लागि नेविसंघबाट अस्मिता बिष्ट, चाँदनीकुमारी बम, अस्मिता धनुषे, डम्मरबहादुर ऐर र केशव साउँदको उम्मेदवारी दर्ता भएको छ । अनेरास्ववियुबाट सदस्य पदका लागि पार्वती धानुक, सरीता बोहरा, मनोजप्रसाद भट्ट,सन्तोषी औजी र नरेश महराको उम्मेदवारी दर्ता भएको छ । यस्तै अखिल क्रान्तिकारीबाट कृष्णकुमार भण्डारी, लक्ष्मी धनुषे, लक्ष्मीकुमारी भट्ट, अनुष्का साउँद र रेखा भट्टले सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै समानुपातिकतर्फ नेविसंघबाट अमिर बडु,संगिता कुँवर, सरीता धनुषे, निर्मला रतोकी, कलावती धामी, कलावतीकुमारी जोशी र निर्मला जोशीको उम्मेदवारी दर्ता भएको छ ।यस्तै अनेरास्ववियुबाट सुरज पाठक, दिपकराज जोशी, किरन बिष्ट, चाँदनी पन्त, सुमित्रा भट्ट, उमेश बोहरा र अस्मिता बोहराको उम्मेदवारी दर्ता भएको छ । यस्तै अखिल क्रान्तिकारीबाट विनिता महरा, राजमती लुहार, कमला धामी, कल्पना खडायत, निर्मलाकुमारी बोहरा, वसन्ती भट्ट र अनिषा पन्तको उम्मेदवारी दर्ता भएको छ ।
स्ववियु निर्वाचनका लागि पुर्चौंडी बहुमुखी क्याम्पसमा ५ सय ५७ जना विद्यार्थी मतदाता रहेका निर्वाचन अधिकृत जोशीले बताए ।