
बैतडी –जुवातास मुद्दामा फरार रहेका बैतडीका एक जना कैलालीबाट पक्राउ परेका छन् ।
जिल्लाको पुर्चौंडी नगरपालिका–८ का ५५ बर्षीय कालुसिंह धामीलाई बिहीबार धनगढी उपमहानगरपालिका–३ चटकपुरबाट पक्राउ गरिएको छ ।
जुवातास मुद्दामा धामीलाई जिल्ला अदालत कैलालीले ३ महिना कैद सजाय र २५ हजार रुपैयाँ जरीवाना हुने फैसला गरेको थियो । उक्त फैसलापछि फरार रहेका धामीलाई पक्राउ गरेर आवश्यक कारवाही भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत १, २०८१ ०७:४८
प्रतिक्रिया दिनुहोस्