
दार्चुला –दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ पस्ती दुधेखोला घर भएका ५६ बर्षीय गोपालदत्त पन्त भारतमा मृत फेला परेका छन् ।
फागुन १९ गतेदेखि बेपत्ता रहेका पन्त आज भारतको जोलजिवीमा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए । पन्त घरबाट जोलजिवी जान्छु भनेर फागुन १९ गते घरबाट निस्केका थिए ।
आज बिहान ११ बजेको समयमा पन्तको शव महाकाली नदी किनारमा भारतीय क्षेत्रमा फेला परेको प्रहरी निरीक्षक जोशीले बताए ।
पन्तको शव भारतमा फेला परेकोले शव परीक्षण लगायतका प्रक्रिया भारतमै हुने उनले बताए । भारतीय प्रशासनले शव परीक्षण गरेर सनाखत गरे पछि परिवारको जिम्मा लगाउने बताइएको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन २९, २०८१ १८:५४
प्रतिक्रिया दिनुहोस्