
दार्चुला –दार्चुलाको एक घरमा आगलागी हुँदा आठ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
शैल्यशिखर नगरपालिका–४ काँडापारीका धर्मानन्द भट्टको घरको भान्छा कोठामा बालेको आगोबाट बुधवार आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट घर जल्नुका साथै घरभित्र रहेका नगद, सुन, खाद्यान्न,लत्ताकपडा लगायतका सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिएको बताइएको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन २९, २०८१ ०९:५०
प्रतिक्रिया दिनुहोस्