
बैतडी– जिल्ला प्रशासन कार्यालय बैतडीले सभ्य रुपमा होली पर्व मनाउन आग्रह गरेको छ ।
प्रशासन कार्यालयले बुधबार एक सूचना जारी गर्दै धार्मिक एवं सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण रहेको होली पर्व मनाउँदा सभ्य तरीकाले मनाउन आग्रह गरेको छ ।
पर्व मनाउने नाममा कसैको इच्छा विपरीतका क्रियाकलाप नगर्न आग्रह गरिएको छ । यस्तै सार्वजनिक स्थलमा होहल्ला गर्ने, चर्को आवाजमा डिजे बजाउने,जथाभावी रंग दल्ने, बाटोमा हिँडिरहेकाहरुले दुःख दिने लगायतका कामहरु नगर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए ।
कसैले कानुन विपरीतका काम र कसैको इच्छा विपरीतका कामहरु गरेको पाइएमा कानुनी कारवाही हुने समेत प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए ।
प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१ १८:०४
प्रतिक्रिया दिनुहोस्