
बैतडी–बैतडीको सुर्नया गाउँपालिका–५ स्थित प्रसिद्ध रौलाकेदार धामका ‘धामी’नरबहादुर मडैको निधन भएको छ ।
सुर्नया गाउँपालिका–५ मड घर भएका ६२ बर्षीय मडैको मंगलबार निधन भएको स्थानीय समेत रहेका शिक्षक धिरबहादुर मडैले बताए । लामो समयदेखि दम रोगबाट पीडित मडैको आफ्नै निवासमा निधन भएको हो ।
मृतक मडैका श्रीमती, एक छोरा र दुई छोरी रहेका छन् । मडैको निधनले एक सामाजिक र धार्मिक व्यक्तित्वको अवसान भएको शिक्षक मडैले बताए ।
रौलाकेदार धामका ‘धामी’मडैको चनैराज आर्यघाटमा आज अन्तिम संस्कार गरिएको बताइएको छ ।
प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१ १७:३३
प्रतिक्रिया दिनुहोस्