Sagun Khabar
कञ्चनपुरमा टेलर गाडीको ठक्करबाट बैतडीका एक जनाको मृत्यु 

बैतडी–कञ्चनपुरमा टेलर गाडीले ठक्कर दिँदा बैतडीका एकजनाको मृत्यु भएको छ । 

जिल्लाको शिवनाथ गाउँपालिका –२ शर्माली घर भएका ४० बर्षीय सुन्दरसिंह साउँदको गाडीको ठक्करबाट सोमबार दिउँसो मृत्यु भएको हो । 

Atrya hospital

सोमबार दिउँसो पौने चार बजेको समयमा पुनर्वासबाट धनगढीतर्फ आउँदै गरेको सु.प.प्र.०२–००१ क ५९२ नम्बरको टेलर गाडीले पुनर्वास नगरपालिका –९ (ख)गाउँको खातीचोकमा साउँदलाई ठक्कर दिएको थियो । गाडीको ठक्करबाट साउँदको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

रोजगारीका लागि भारत जान केही दिन पहिला बैतडीबाट कञ्चनपुर गएका साउँद पुनर्वासमा आफ्नो दाजुको घरमा बस्दै आएका थिए । दिउँसो समयमा सडकमा हिँडीरहेका साउँदलाई गाडीले ठक्कर दिँदा उनको मृत्यु भएको बताइएको छ । 

उनलाई ठक्कर दिने गाडी र टेलर गाडी चालक कञ्चनपुरको भीमदत्त नगरपालिका ११ भुजेला बस्ने ३८ बर्षीय पिताम्बर कलौनीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । 

दोषीलाई कारवाही र पीडितलाई क्षतिपूर्तीको दिनुपर्ने मृतकका आफन्तहरुले माग गरेका छन् । 

मृतक साउँदका घरमा दुई छोरा,श्रीमती र बुढेसकालका बुवा रहेका छन् । साउँदको मृत्युपछि उनको घरपरिवारको विचल्ली भएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताए । भारतमा मजदुरी गरेर घरपरिवार चलाउँदै आएका साउँदको मृत्यु भएपछि घरपरिवारको विचल्ली भएको हो । 
 

प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  ०८:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update