Sagun Khabar
बैतडीको सुर्नयामा मालवाहक गाडी दुर्घटना, तीन जना घाइते

बैतडी — बैतडीको सुर्नया गाउँपालिका–७ नाँचनथली र हासनथलीको बीचमा मालवाहक गाडी दुर्घटनामा परेको छ। धनगढीबाट बझाङ जाँदै गरेको सु.प.प्र ०१००१ ख २९८४ नम्बरको मिनी ट्रक सोमबार बिहान दुर्घटनाग्रस्त भएको हो।

अस्थायी प्रहरी चौकी ढोल्यामोडका इञ्चार्ज, वरिष्ठ हलदार आनन्द विष्टका अनुसार उक्त गाडी बिहान करिब ८ बजे दुर्घटनामा परेको अनुमान गरिएको छ। दुर्घटनाबारे प्रहरीलाई ८स्१५ बजे खबर प्राप्त भएको थियो।

Atrya hospital

गाडीमा चालक, सहचालक र एक जना यात्रु सवार रहेकोमा तीनैजनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घाइतेहरूलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ।

दुर्घटनामा परेका चालक जनक बोहरा, सहचालक राजेन्द्र बोहरा, तथा धनगढी उपमहानगरपालिका निवासी करिब २४–२५ वर्षीय अनिल चौधरी रहेका छन्। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको ढोल्यामोड अस्थायी प्रहरी पोस्टले जनाएको छ।

प्रारम्भिक विवरणअनुसार, गाडी करिब १०० मिटर तल खसेको बताइएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  १५:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update