Sagun Khabar
बैतडीको सुर्नयामा एक किशोरी मृत फेला 

बैतडी –बैतडीको सुर्नयामा एक किशोरी मृत फेला परेकी छन् ।

सुर्नया गाउँपालिका–४ पालिगडाकी १३ बर्षीया लीला साउँद आफ्नै घरभित्र मृत फेला परेकी हुन् । 

Atrya hospital

आइतबार साँझ घरभित्र झुण्डिएको अवस्थामा साउँदको शव फेला परेको थियो । 

उदयदेव मावि पालिगडामा कक्षा ८ मा अध्ययनरत साउँदको मृत्युको कारण भन्ने खुल्न सकेको छैन् । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ । 
 

प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  ०८:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update