Sagun Khabar
वुमन्स डे कप क्रिकेट  : नेपालद्वारा घरेलु टोली युगान्डा पराजित 

काठमाण्डौ – वुमन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपाल विजयी भएको छ ।

आजको खेलमा नेपालले घरेलु टोली युगान्डालाई एक विकेटले हराएको हो । युगान्डाले दिएको ७६ रनको लक्ष्य नेपालले १९ ओभर ५ बलमा ९ विकेट गुमाएर भेट्टायो ।

Atrya hospital

नेपालका लागि साना प्रविनले सर्वाधिक १७ रन बनाइन । त्यसअघि युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा टस हारेर ब्याटिङ गरेको युगान्डाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७५ रन बनाएको थियो ।

युगान्डाका लागि इमाकुलेट नाकिसुईले सर्वाधिक २२ रन जोडिन् । नेपालका लागि पुजा महतोले तीन तथा कप्तान इन्दु बर्माले दुई विकेट लिइन् ।

हिजो भएको पहिलो खेलमा नेपाल नामिबियासँग ६ विकेटले पराजित भएको थियो । युगान्डाले हङकङलाई हराएको थियो । शृङ्खलामा नेपाल, युगान्डा, नामिबिया र हङकङ छन् ।

नेपालले भोलि हङकङसँग खेल्ने छ । त्यसैगरी फागुन २८ गते नामिबियासँग, २९ गते युगान्डासँग र चैत १ गते हङकङसँग खेल्ने तालिका छ ।

सबै टोलीले एक–अर्कासँग समान दुई÷दुई खेल खेल्नेछन् । लिग चरणको खेलपछि शीर्ष २ टोलीबीच फाइनल हुनेछ । फाइनल खेल चैत ३ गते हुनेछ ।
 

प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  १७:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update