Sagun Khabar
रौलेश्वर मावि रामकीबरायलका विद्यालय व्यवस्थापन समिति अध्यक्ष मडैको निधन 

बैतडी–बैतडीको सुर्नया गाउँपालिका–५ स्थित रौलेश्वर मावि रामकीबरायलका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुनसिंह मडैको निधन भएको छ । ७८ बर्षीय मडैको आइतबार बिहान साढे ८ बजेतिर निधन भएको विद्यालयका प्रधानाध्यापक गोपालसिंह मडैले बताए । 

लामो समयदेखि दम रोगबाट पीडित मडैको निधन भएको उनको पारिवारिक श्रोतले जनाएको छ । पूर्व स्वास्थ्यकर्मी समेत रहेका मडै पछिल्लो समयमा सामाजिक क्षेत्रमा क्रियाशील रहेका थिए । मडैको निधनले एक जना सामाजिक अगुवाको अवसान भएको प्रधानाध्यापक मडैले बताए । 

Atrya hospital

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मडैको निधन भएपछि रौलेश्वर मावि रामकीबरायलले आज एक दिन शोक बिदा दिएको छ । 

यस्तै मडै रौलाकेदार बहुमुखी क्याम्पस सञ्चालक समितिका सदस्य समेत रहेका थिए । मडैको निधनमा क्याम्पसले पनि आज शोक बिदा दिएको क्याम्पस प्रमुख भरत मडैले बताए । 
मडैको भोलि मात्रै अन्तिम संस्कार गरिने बताइएको छ । उनका छोराहरु बाहिर रहेकाले उनीहरु आएपछि भोलि अन्तिम संस्कार गरिने प्रधानाध्यापक मडैले बताए । 

सुर्नया गाउँपालिका–५ मड घर भएका मडैको निधनमा धेरैले शोक व्यक्त गरेका छन् । मडैको निधनले सामाजिक क्षेत्रको एक अगुवा गुमेको टिप्पणी गरिएको छ । 
 

प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  १२:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update