
बैतडी–बैतडीको सुर्नया गाउँपालिका–६ जित्कीजुवाँड धुरास्थित नेपाल टेलिकमको टावर स्तरोन्नतीका लागि सर्भे गरिएको छ । नेपाल टेलिकम डडेल्धुराबाट प्राविधिकहरुको टोली आएर टावर स्तरोन्नतीका लागि सर्भे गरिएको सुर्नया गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए ।
उक्त टावरमा फ्रिक्वेन्सी बढाउने हिसाबले अध्ययन गरिएको नेपाल टेलिकम डडेल्धुराका प्राविधिक रविन्द्र जोशीले बताए । टावरको स्तरोन्नती भएपछि इन्टरनेट सञ्चालनमा सहजता आउने उनले बताए ।
जित्कीजुवाँडस्थित टेलिकमको टावर स्तरोन्नतीका लागि आग्रह गरिएको र सोही अनुसार टेलिकमकातर्फबाट सर्भे गरिएको अध्यक्ष कुँवरले बताए । यो टावर स्तरोन्नती भएमा यो क्षेत्रमा इन्टरनेट सञ्चालनमा सहजता आउने उनले बताए ।
यस्तै वडा नं ६ मा टेलिकमको नयाँ टावर राख्नका लागि समेत सम्भाव्यता अध्ययन गरिएको छ । मौरभटौन्या र सप्याखान गरेर दुई ठाउँमा सर्भे गरिएको अध्यक्ष कुँवरले बताए । यी दुई ठाउँमध्ये एक ठाउँमा नयाँ टावर राख्ने बिषयमा छलफल भइरहेको उनले बताए ।