Sagun Khabar
मुक्ति समाज बैतडीको अध्यक्षमा सुरेश सेरला चयन 
Atrya hospital

बैतडी –नेकपा एमाले निकटको नेपाल उत्पीडित जातीय मुक्ति समाज बैतडीको अध्यक्षमा सुरेश सेरला चयन भएका छन् । शनिबार सम्पन्न समाजको नवौं जिल्ला सम्मेलनले सेरलाको अध्यक्षतामा ३५ सदस्यीय नयाँ जिल्ला कमिटि चयन गरेको हो । 

समाजको उपाध्यक्षमा मनिराम लुहार र पुने सार्की, सचिवमा राकेश चुनारा,सहसचिवमा मदन वड र हरिराम नेपाली, कोषाध्यक्षमा शोभा महर लगायत अन्य सदस्यहरु चयन भएका नेकपा एमालेका नेता बलभद्र दयालले जानकारी दिए । 
 

प्रकाशित मिति: शनिबार, फागुन २४, २०८१  १९:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update