
बैतडी –बैतडीको पाटनमा उदयदेव प्रिमियर लिगको दोश्रो संस्करण आगामी चैत २२ गतेदेखि सञ्चालन हुने भएको छ । पाटन भ्याली क्रिकेट क्लबले चैत २२ गतेदेखि प्रतियोगिताको आयोजना गर्ने निर्णय गरेको क्लबका अध्यक्ष सन्तोष जोशीले बताए ।
प्रतियोगितामा सहभागिता जनाउने टिमले चैत २० गते साँझ ५ बजेसम्म टीम दर्ता गराइसक्नुपर्ने उनले बताए । प्रतियोगितामा टीम सहभागिताका लागि १३ हजार ५ सय रुपैयाँ दर्ता शुक्ल तोकिएको छ ।
प्रतियोगिताको विजेता टीमले १ लाख १ हजार १११ रुपैयाँ नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेता टीमले ४५ हजार ५५ रुपैयाँ नगदसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष जोशीले बताए ।
प्रतियोगितामा म्यान अफ द सिरिजलाई ८ हजार ८४८ रुपैयाँ, बेष्ट ब्याट्स्म्यान तथा बेष्ट बलरलाई ५ हजार ५५५ रुपैयाँ र उदयमान खेलाडीलाई २ हजार ५२५ रुपैयाँ नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।