कञ्चनपुरको बेलौरी–३ का वडा अध्यक्ष रिजालको निधन 
                        
                        
                                                
                                             
                                                                    कञ्चनपुर –कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष सिताराम रिजालको गएराति आफ्नै निवासमा निधन भएको छ ।
फोक्सोसम्बन्धी समस्याबाट पीडित रिजालको गएराति साढे १२ बजे निधन भएको उनको परिवारिक श्रोतले जनाएको छ ।
२०७९ सालको स्थानीय तह सदस्य निर्वाचनमा नेकपा एमालेबाट रिजाल वडाध्यक्ष पदमा निर्वाचित भएका थिए । 
 
प्रकाशित मिति: शनिबार, फागुन २४, २०८१  १०:३७
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                    

 
                     
                     
                     
                     
                     
                     
                     
                    