Sagun Khabar
गृहमन्त्रीद्वारा डडेल्धुरामा भूकम्प पीडितलाई अनुदान हस्तान्तरणको थालनी

डडेल्धुरा –गृहमन्त्री रमेश लेखकले भूकम्प प्रभावित लाभग्राहीलाई अनुदान रकम हस्तान्तरण अभियानको थालनी गरेका छन् । 

बिहीवार जिल्ला प्रशासन कार्यालय डडेल्धुरा पुगेर गृहमन्त्री लेखकले डडेल्धुराको अमरगढी नगरपालिका–३ का भूकम्प पीडित प्रकाशराज उप्रेतीलाई अनुदान बाफतको पहिलो किस्ता ५० हजार हस्तान्तरण गरेर अभियानको थालनी गरेका हुन् । 

Atrya hospital

अनुदान रकम हस्तान्तरणपछि बोल्दै गृहमन्त्री लेखकले डोटी भूकम्पबाट प्रभावित लाभग्राहीहरूको स्थायी आवास आगामी असार मसान्तभित्र निर्माण गरिसक्न आग्रह गरे । 

उनले डोटी भूकम्प गएको डेढ बर्ष बितिसक्दा पनि पुनर्निर्माण र प्रबलीकरणमा ढिलाइ भएको बताउँदै आफूले बितेको सात महिनामा पुनर्निर्माणका लागि मापदण्ड, बजेट व्यवस्थापन र कार्यविधि बनाएर पुनर्निर्माणको कार्य आरम्भ गर्न गइरहेको जानकारी दिए ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१  ०८:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update