
बैतडी – बैतडीको पाटन नगरपालिका–३ स्थित प्रसिद्ध विश्वनाथ धाममा महाशिवरात्रिको अवसरमा शुरु गरिएको महारुद्राभिषेक सम्पन्न भएको छ । सुर्नया नदीको तटमा अवस्थित वनारसी धामको केहि माथी, जगतगुरु लगायतको समूहले विश्वनाथ ज्योतिर्लिङ्ग स्थापना गरे यता हरेक वर्ष विश्वनाथ ज्योतिर्लिङ्गमा महारुद्राभिषे गर्ने गरेको धार्मिक प्रवक्ता तथा ज्योतिषाचार्य पण्डित गणेश प्रसाद पन्तले बताए ।
महाशिवरात्रिको अवसरमा आयोजना गरिएको महारुद्राभिषेक शनिबार सम्पन्न गरिएको बताइएको छ ।धार्मिक प्रवक्ता तथा ज्योतिषाचार्य पण्डित गणेश प्रसाद पन्तका अनुसार २१ जना बाह्रमणहरुद्वारा महारुद्राभिषेक यज्ञको पाठ र ३ जना आचार्य सहित एक जना प्रधानाचार्य सहितको समुहबाट उक्त यज्ञ सम्पन्न गरिएको बताइएको छ ।
शिवरात्रीको अवसरमा हरेक वर्ष लाग्ने महारुद्राभिषेक यज्ञ, बनारसी मन्दिरको थानमा लाग्ने नभएर जगतगुरु लगायतले बनारसी मन्दिर परिसरमा स्थापन गरेको विश्वनाथ धाम ज्योतिर्लिङ्गको मन्दिरमा उक्त यज्ञ गर्ने गरेको स्थानीयहरुले बताएका छन ।
पौराणि सरयु नदी अर्थात सुर्नया नदीको किनारमा अवस्थित वनारसी धाम नै विश्वनाथ ज्योतिर्लिङ्ग भएको जानकारहरुले बताउने गरेका छन । महाशिवरात्रिको अवसरमा पछिल्लो समयमा विश्वानाथ धाममा महारुद्राभिषेकको आयोजना गरिँदै आएको छ ।
यो धाम संरक्षण र थप संरचना निर्माण गर्न सहयोग गर्न इच्छुकले दान भेटी स्वरुप सक्दो रकम सहयोगको लागि कार्यसमितिले अनुरोध गरेको छ ।