
वाशिङ्टन – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ह्वाइट हाउसमा भएको भेटवार्ता विवादास्पद बन्न पुगेको छ।
ट्रम्पले युक्रेन रुसविरुद्धको युद्ध जित्न नसक्ने बताएपछि दुई नेताबीच चर्काचर्की भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। जेलेन्स्कीले युद्धविरामको पक्षमा आफू सकारात्मक रहेको बताए पनि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सम्झौता अस्वीकार गरेपछि वातावरण तनावपूर्ण बनेको थियो।
खानिज सम्झौतासम्बन्धी छलफलका लागि अमेरिका गएका जेलेन्स्की ट्रम्पको व्यवहारप्रति असन्तुष्ट भएपछि बैठकबीचमै बाहिरिएका छन्। दुई नेताबीचको विवादकै कारण पूर्वनिर्धारित संयुक्त पत्रकार सम्मेलन रद्द गरिएको छ।
यसैबीच, बेलायती प्रधानमन्त्री सर केयर स्टार्रले दुबै नेतासँग वार्ता गर्दै युक्रेनलाई आफ्नो सरकारको समर्थन निरन्तर रहने बताएका छन्।