Sagun Khabar
बिथडचिरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, १८८ जना लाभान्वित

बझाङ–बझाङको बिथडचिर गाउँपालिकाले स्थानीय बासिन्दाको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने उद्देश्यले निःशुल्क जनस्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न गरेको छ। विहिबार गाउँपालिकाको समन्वयमा देउलेख प्राथमिक स्वास्थ्य कार्यालय, बझाङमा आयोजित उक्त शिविरमा १८८ जना सेवाग्राहीले स्वास्थ्य सेवा प्राप्त गरेका छन्।

गाउँपालिकाका प्रवक्ता हरिश चन्द्र जोशीका अनुसार स्वास्थ्य शिविरमार्फत विभिन्न सेवाहरू प्रदान गरिएको थियो। शिविरमा ७६ जनाको पाठेघरको मुखको परीक्षण, ७ जनाको रिङ्पेसरी, २८ जनाको भिडियो एक्सरे, ९ जनाको भ्यासेक्टोमी तथा २ जनाको मिनिल्याप शल्यक्रिया गरिएको थियो।

Atrya hospital

शिविरमा पाठेघर खस्ने समस्या, फिस्टुलाको स्क्रिनिङ तथा रिङ्पेसरी सेवा,पाठेघर मुखको क्यान्सर पहिचान तथा जाँच,परिवार नियोजनका स्थायी तथा अस्थायी सेवाहरू (पुरुषका लागि भ्यासेक्टोमी, महिलाका लागि मिनिल्याप),गर्भवती महिलाका लागि अल्ट्रासाउण्ड सेवा,स्त्री रोगसम्बन्धी परामर्श तथा उपचार सेवाहरू प्रदान गरिएका थिए ।

प्रवक्ता जोशीका अनुसार शिविरले स्थानीय बासिन्दाहरूलाई आफ्नो क्षेत्रमा नै गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने अवसर प्रदान गरेको छ। साथै, आगामी दिनमा पनि यस्ता स्वास्थ्य शिविरहरूलाई प्राथमिकताका साथ सञ्चालन गर्ने योजना रहेको जानकारी दिएका छन्।

प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१  १८:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update