Sagun Khabar
बझाङको तमैल बजार नजिकै पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध

बझाङ — बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका-७ तमैल बजार नजिकै सडक माथिबाट खसेको पहिरोका कारण जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ।

गएको रातिदेखि परेको अविरल वर्षाका कारण सडकमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी गराएको छ। राजमार्ग अवरुद्ध भएपछि सवारी साधनहरू रोकिएका छन् र यात्रुहरू अलपत्र परेका छन्।

Atrya hospital

हाल सडक खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ। तर, निरन्तर वर्षा भइरहेकाले सडक खुलाउन कति समय लाग्ने हो भन्ने विषयमा यकिन गर्न नसकिएको बताइएको छ।

सवारी साधन सञ्चालनमा ल्याउन आवश्यक पहल भइरहेको सम्बन्धित निकायहरूले जनाएका छन्।

प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१  १२:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update