Sagun Khabar
सेना दिवसको अवसरमा बैतडीमा मैत्रीपूर्ण भलिबल 

बैतडी –सेना दिवस तथा महाशिवरात्रीको अवसरमा बैतडी सदरमुकाममा मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न गरिएको छ । 

२सय ६२ औं सेना दिवसको अवसरमा मैत्रीपूर्ण भलिबल प्रतियोगिताको आयोजना गरिएको बैतडीस्थित श्रीबक्स गुल्मका गुल्मपती सेनानी सफल थापाले जानकारी दिए । 

Atrya hospital

नेपाली सेनाको टीम र रोयल हिल युथ क्लबबीच भएको मैत्रीपूर्ण भलिबल प्रतियोगितामा सेनाको टीम विजयी भएको हो । 

नेपाली सेना र नागरिकबीचको सम्बन्ध मैत्रीपूर्ण र विस्तार गर्ने उद्देश्यसहित भलिबल प्रतियोगिता आयोजना गरिएको सेनानी थापाले बताए । नेपाली सेनाले सेना दिवस तथा महाशिवरात्रीको अवसरमा हरेक बर्ष विभिन्न कार्यक्रम गर्दै आएको छ । 
 

प्रकाशित मिति: शनिबार, फागुन १०, २०८१  १७:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update