Sagun Khabar
दार्चुलामा ७ हजार १५३ जना किशोरीले एचपीभी खोप लगाए 

दार्चुला –दार्चुलामा ७ हजार १५३ जना किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोप दिइएको छ । गएको माघ २२ गतेदेखि ३० गतेसम्म जिल्लामा सञ्चालन भएको एचपीभी खोप अभियान अन्तर्गत ७ हजार १५३ जना किशोरीहरुले खोप लगाएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख विरेन्द्र भट्टले जानकारी दिए । 

अभियान अन्तर्गत महाकाली नगरपालिकामा १ हजार ४२०, शैल्यशिखर नगरपालिकामा १ हजार २१२, दुहुँ गाउँपालिकामा ४ सय ८३, मार्मा गाउँपालिकामा ९ सय ३२, अपिहिमाल गाउँपालिकामा ६ सय, नौगाड गाउँपालिकामा १ हजार १७, मालिकार्जुन गाउँपालिकामा ६ सय ८६ र व्याँस गाउँपालिकामा ५ सय ८ जना किशोरीहरुलाई खोप लगाइएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख भट्टले बताए । 

Atrya hospital

एचपीभी खोप अभियान अन्तर्गत कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ बर्षका किशोरीहरुलाई खोप लगाइएको भट्टले बताए । 

दार्चुलामा ७ हजार २५५ जना किशोरीहरुलाई खोप लगाउने लक्ष्य रहेकोमा ९९ प्रतिशत किशोरीहरुलाई खोप लगाइएको भट्टले बताए । 

पाठेघरको मुखको क्यान्सर रोग लाग्न नदिनका लागि किशोरीहरुलाई अभियानमार्फत खोप दिइएको हो । यो खोपले पाठेघरको मुखको क्यान्सर हुन नदिने भट्टले बताए । 
 

प्रकाशित मिति: शनिबार, फागुन १०, २०८१  १६:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update