Sagun Khabar
डडेल्धुरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष जोशी मृत फेला
Atrya hospital

डडेल्धुरा –डडेल्धुरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कालीप्रसाद जोशी मृत भेटिएका छन् । फागुन १ गतेदेखि सम्पर्कविहिन भएका जोशी आज दिउँसो मृत फेला परेका हुन् । 

अमरगढी नगरपालिका–२ कुस्माली भन्ने स्थानमा जोशीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता प्रहरी निरीक्षक उपेन्द्र बमले जानकारी दिए । 

अमरगढी नगरपालिका–२ भेल घर भएका जोशीको मृत्युका कारण खुल्न नसकेको र घटनाका बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: शनिबार, फागुन ३, २०८१  १७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update