Sagun Khabar
जिल्ला अस्पताल बैतडीमा अक्सिजन प्लान्ट स्थापनामा ढिलाइ

जिल्ला अस्पताल बैतडीमा अक्सिजन प्लान्ट स्थापनाको काम सुरु हुन सकेको छैन् । गत असारभित्र प्लान्ट निर्माण सम्पन्न गर्ने गरी हेल्थ केयर सप्लायर्स काठमाडौँसँग सम्झौता भएको भए पनि कम्पनीले हालसम्म पनि प्लान्ट जडानको काम सुरु गर्न सेकेको छैन   अक्सिजन प्लान्ट स्थापनाका लागि सङ्घीय सरकारबाट एक करोड ५० लाख र सुदूरपश्चिम प्रदेश सरकारबाट रु ८० लाख बजेट प्राप्त भएको थियो ।

 बोलपत्र आह्वान गरी सप्लायर्स छनोट गरेको भए पनि हालसम्म पनि जडानको काम सुरु नभएको अस्पतालका प्रमुख डा वसन्तराज जोशीले जानकारी दिनुभयो । गत आर्थिक वर्षको असारभित्र प्लान्ट स्थापना गर्ने भनेर सम्झौता भएको भएपनि  कम्पनीले प्लान्ट  जडानका लागि एक महिना थप गरिदिन निवेदन दिएको थियो ।

Atrya hospital

  कोरोना महामारीको दोस्रो लहर फैलिएसँगै जिल्लामा अक्सिजन अभाव भएपछि प्रदेश सरकार र सङ्घीय सरकारले प्लान्ट स्थापनाका लागि बजेट विनियोजन गरेको थियो । तेस्रो लहर आउने सम्भावना बढेको भए पनि प्लान्ट स्थापनाको काम नहुँदा महामारी फैलियो भने पनि उपचारमा समस्या हुने देखिएको छ ।

 जिल्लामा प्लान्ट नहुँदा सिलिन्डर खरिद गरी अक्सिजन आपूर्ति गर्नुपर्ने अवस्था रहेको छ । प्लान्ट स्थापना भएपछि आवश्यकताअनुसार अक्सिजन उत्पादन गर्न सकिने जनाइएको छ । उक्त प्लान्ट जडान गर्न सकेमा  ५० श्ययाको अस्पतालका लागि पनि सहयोग पुग्ने डा जोसिले बताउनु भयो । 

प्रकाशित मिति: बिहीबार, भदौ ३, २०७८  १६:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update