
बैतडी –दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटको सुदूरपश्चिम छनौटमा बैतडी विजयी भएको छ ।
बुधबार सम्पन्न फाइनल खेलमा बैतडीले कञ्चनपुरमाथि १ रनको रोमाञ्चक जित निकालेको हो । यो संगै बैतडीले स्वर्ण पदक हात पारेको छ ।
जितका लागि पाएको १०१ रनको लक्ष्य पछ्याएको कञ्चनपुरले निर्धारित १५ ओभरमा ९ विकेटको क्षतिमा ९९ रन मात्रै बनाउन सक्यो ।
जसमा सावित्री धामीले अर्धशतकीय पारी खेल्दै ५० रन बनाएपनि टोलीलाई जिताउन सकेनन् ।
बलिङतर्फ बैतडीकी आरती बोहराले २ विकेट हात पारिन् ।
यसअघि धनगढीस्थित कैलालीगाउँमा पहिला ब्याटिङ गरेको बैतडीले १५ ओभरमा ७ विकेटको क्षतिमा १०० रन बनायो । जसमा ममता चन्दले २५ र रेनु पेलाले अविजित १३ रन बनाइन् ।
कञ्चनपुरकि सावित्री धामीले २ विकेट लिइन् ।
प्रदेशस्तरीय छनौटबाट राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी छानिनेछन् ।
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता चैत २३ देखि ३० गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा हुने तय भएको छ ।