Sagun Khabar
चरेशसहित बझाङका एकजना डडेल्धुराबाट पक्राउ 

डडेल्धुरा –बझाङ घर भएका एकजना लागूऔषध चरेशसहित डडेल्धुराबाट पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा बझाङको छबिसपााथिभरा गाउँपालिका–३ का ७१ वर्षीय चन्द्रदेव जैशी रहेका छन् । 

Atrya hospital

जैशीलाई आज अमरगढी नगरपालिका–१ स्याउलेबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता,प्रहरी निरीक्षक उपेन्द्र बमले जानकारी दिए ।

बझाङबाट धनगढी जाँदै गरेको ना.७ ख ४०९ नम्बरको बसमा सवार जैशीलाई नियन्त्रणमा लिइएको हो । जैशीले बसको सिटमाथि सामान राख्ने ¥याकमा प्लाष्टिकको कट्टाभित्र पिडालुसँगै चरेश मिसाएर राखेका थिए । 

उनको साथबाट ७८४ ग्राम लागूऔषध चरेश बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका जैशीमाथि प्रारम्भिक अनुसन्धान कार्य भइरहेको डडेल्धुरा प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१  १५:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update