लागूऔषधसहित बझाङका दुई युवक कञ्चनपुरबाट पक्राउ 
                        
                        
                                                
                                             
                                                                    कञ्चनपुर –लागूऔषधसहित बझाङका दुई युवक कञ्चनपुरबाट पक्राउ परेका छन् ।
बझाङको छबिसपाथिभारा गाउँपालिका–२ का महेन्द्रबहादुर रोकाया र सोही ठाउँका अमरबहादुर रोकायलाई इलाका प्रहरी कार्यलय ब्रहमदेबबाट खटिएको प्रहरी टोलीले कञ्चनपुरको भीमदत्त नगरपालिका–९ बाट पक्राउ गरेको जनाएको हो ।
उनीहरू दुवै जनालाइ चेकजाँच गर्दा महेन्द्रबहादुर रोकायको साथबाट ४ किलो ३३९ ग्राम र अमरबहादुर रोकायको साथबाट४ किलो ५८७ ग्राम गरि जम्मा ८ किलो ९२६ ग्राम लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ । 
 
प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  १६:५१
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                    

 
                     
                     
                     
                     
                     
                     
                     
                    