Sagun Khabar
निर्वाचन कार्यालय कञ्चनपुरका प्रमुख जोशीको निधन 

कञ्चनपुर –जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका प्रमुख उदयराज जोशीको निधन भएको छ ।

जिल्लाको भीमदत्त नगरपालिका–४ घर भएका जोशीको सोमबार बिहान निधन भएको निर्वाचन कार्यालयका सूचना अधिकारी भानबहादुर महराले बताए । 

Atrya hospital

कार्यालयको कामका लागि माघ २४ गते काठमाण्डौं गएका जोशी शुक्रबार बिहान कोठामा बेहोस अवस्थामा भेटिएका थिए । 

उनलाई उपचारका लागि क्रिष्ट हस्पिटल लगिएकोमा मस्तिष्क घातका कारण निधन भएको सूचना अधिकारी महराले बताए । 
 

प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  १४:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update