
बैतडी– दोगडाकेदार गाउँपालिकाको नेपाल निजामती कर्मचारी संगठनको कार्यसमिति पुनर्गठन गरिएको छ। गाउँपालिकाको बैठक कक्षमा सम्पन्न अधिवेशनले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको हो।
नवगठित कार्यसमितिको अध्यक्षमा नरेन्द्र नाथ चयन भएका छन्, भने बिरसिंह भाट उपाध्यक्ष र कुमारी सरस्वती भट्ट कोषाध्यक्ष पदमा निर्वाचित भएका छन्। सचिवको जिम्मेवारी जगदीश सिंह कार्की लाई दिइएको छ।
सदस्यहरूतर्फ, खुला प्रतिस्पर्धाबाट मदन सिंह कार्की,अम्बादत्त जोशी र डम्बर बहादुर भाट चयन भएका छन्। महिला प्रतिनिधित्वका लागि अनीता पाण्डेय र द्रोपती पन्त निर्वाचित भएका छन्। त्यस्तै, समावेशी सदस्यतर्फ सन्तोष राय यादव र हिक्मत चुनारा चयन भएका छन्।
यस्तै सदस्यतर्फ हेमराज भट्ट र भास्कर कार्की निर्वाचित भएका छन्।
बैठकका क्रममा नवगठित कार्यसमितिले संगठनको सुदृढीकरण, निजामती कर्मचारीहरूको हकहित संरक्षण तथा संस्थाको प्रभावकारीताका लागि प्रतिबद्ध भएर काम गर्ने प्रतिज्ञा व्यक्त गरेको छ।