
बाजुरा –बाजुरामा बाटोमै सुत्केरी भएकी एक महिलाको उद्धार गरिएको छ ।
जिल्लाको गौमुल गाउँपालिका–३ ग्रजेकी २२ वर्षीया सिर्जना बोहराको उद्धार गरिएको हो ।
सुत्केरी व्याथा लागेपछि स्वास्थ्यचौकी हिँडेकी बोहराले बीचबाटोमै बच्चा जन्माएकी थिइन् । स्वास्थ्यचौकीभन्दा एक घण्टा टाढाको पैदल बाटोमा बच्चा जन्माएकी सिर्जनालाई महिला स्वास्थ्य स्वयंसेविकाहरुले स्ट्रेचरमा बोकेर स्वास्थ्य संस्थामा पुर्याएका हुन् ।
आमा र बच्चाको स्वास्थ्य अवस्था समान्य रहेको माझपाली आधारभूत स्वास्थ्य केन्द्रकी स्टाफ नर्स सीता खड्काले बताइन् ।
प्रकाशित मिति: शनिबार, माघ २६, २०८१ १५:२०
प्रतिक्रिया दिनुहोस्