
बैतडी –बैतडीको सुर्नया गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि वडा नं.६ स्थित शंकर संस्कृत मावि मूलखटालीले उचालेको छ ।
बिहीबार सम्पन्न भएको प्रतियोगितामा ८ स्वर्ण, ३ रजत र ६ कास्यसहित १७ पदक जितेर मावि मूलखटाली प्रथम भएको हो ।
यस्तै ७ स्वर्ण, ४ रजत र ६ कास्यसहित १७ पदक जितेर केदार मावि कठमडा दोश्रो भएको छ भने ४ स्वर्ण, ५ रजत र २ कास्यसहित ११ पदक जितेर रौलेश्वर मावि रामकी बरायल तेश्रो भएको छ ।
यस्तै २ स्वर्ण, ३ रजत र १ कास्यसहित ६ पदक जितेर सिगास मावि मुसेले सान्त्वना स्थान प्राप्त गरेको छ ।
गएको मंगलबारदेखि शुरु भएको प्रतियोगितामा पालिकाभरीका १३ ओटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुबाट छनौट गरेर जिल्लास्तरीय प्रतियोगिताका लागि सुर्नया गाउँपालिकाको टीम तयार गरिने बताइएको छ ।
हेर्नुहोस कुन विद्यालयले कति पदक जित्यो ?