Sagun Khabar
मेलौलीमा नगर स्तरीय वकृत्वकला प्रतियोगिता हुने

बैतडी–बैतडीको मेलौली नगरपालिका र श्री धर्मघर माध्यमिक विद्यालय, मे.न.पा.–२ सलोना को संयुक्त आयोजनामा नगर स्तरीय वकृत्वकला प्रतियोगिता हुने भएको छ। मेलौली नगरपालिकाको शैक्षिक कार्ययोजनाअनुसार फागुन ७ गते बुधवार बिहान १० बजे विद्यालय परिसरमा कार्यक्रम सञ्चालन गरिने भएको हो।

प्रतियोगितामा मेलौली नगरपालिकाभित्रका कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरू सहभागी हुन पाउनेछन्। प्रत्येक विद्यालयबाट १ छात्र र १ छात्रा गरि २ जना विद्यार्थीले प्रतिनिधित्व गर्नुपर्नेछ।
 
प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिने विद्यार्थीहरूलाई नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिनेछ। प्रथम पुरस्कार रु १,२०० नगद र प्रमाणपत्र,द्वितीय पुरस्कार  रु. १,००० नगद र प्रमाणपत्र,तृतीय पुरस्कार रु.८०० नगद र प्रमाणपत्र र सान्त्वना पुरस्कार ५०० नगद र प्रमाणपत्र प्रदान गरिने छ । 

Atrya hospital

साथै, प्रतियोगितामा सहभागिता जनाउने प्रत्येक विद्यार्थीलाई रु २०० नगद पुरस्कार प्रदान गरिने छ। क्तृत्वकला प्रतियोगितामा विद्यार्थीहरूले गणतन्त्र प्रजातन्त्र प्राप्तिका लागि शहीदहरूको योगदान र बालविवाह न्यूनिकरणमा किशोर–किशोरीको भूमिका विषयमा विचार प्रस्तुत गर्नुपर्नेछ 

विद्यालयका प्रधानाध्यापक लोकराज जोशी ले मेलौली नगरपालिकाको समन्वयमा आयोजना हुन लागेको यो प्रतियोगिताले विद्यार्थीहरूमा आत्मविश्वास वृद्धि गर्ने र सामाजिक सचेतना फैलाउने विश्वास व्यक्त गरेका छन्। नगरपालिकाका सबै विद्यालयहरूले समयमै विद्यार्थीहरूको नाम दर्ता गराउनुपर्ने आयोजकले जनाएको छ।

प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  १६:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update