Sagun Khabar
कक्षा ११ को परीक्षा आवेदन फाराम बुझाउने समय थप, विलम्ब शुल्कसहित नयाँ मिति तय

राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी भक्तपुरले कक्षा ११ को नियमित, ग्रेडवृद्धि तथा पुराना आंशिक परीक्षार्थीहरूका लागि परीक्षा आवेदन फाराम बुझाउने समय थप गरेको छ।

बोर्डका अनुसार शैक्षिक सत्र २०८१र०८२ को कक्षा ११ का विषय दर्ता तथा पुराना आंशिक परीक्षार्थीहरूको परीक्षा आवेदन फाराम बुझाउने नयाँ मिति २०८१ माघ २८ गतेसम्म कायम गरिएको छ। यसअघि तोकिएको समयभित्र आवेदन दिन नसकेका विद्यार्थीहरूले अब अतिरिक्त शुल्क तिरेर फाराम बुझाउन सक्नेछन्।

Atrya hospital

नयाँ आवेदन शुल्क र समय सीमा अन्र्तगत सामान्य शुल्क (माघ २८ गतेसम्म) रु. ६०० पहिलो विलम्ब शुल्क (माघ २९ देखि फागुन ५ गतेसम्म) रु.१,२००
दोब्बर विलम्ब शुल्क (फागुन ६ देखि फागुन १२ गतेसम्म) रु.२,४०० तोकिएको छ । 
 
राष्ट्रिय परीक्षा बोर्डले सम्बन्धित विद्यालय, स्थानीय तह तथा परीक्षा नियन्त्रण कार्यालयलाई तोकिएको मितिभित्र आवेदन फाराम संकलन गरी बुझाउन निर्देशन दिएको छ। फाराम बुझाउँदा आवश्यक कागजात तथा विवरणहरू सही र प्रमाणित हुनुपर्ने जनाइएको छ।

बोर्डले समय अभावका कारण आवेदन दिन नपाएका विद्यार्थीहरूलाई अन्तिम अवसर प्रदान गरेको उल्लेख गरेको छ। परीक्षार्थीहरूले तोकिएको मितिभित्र आवेदन फाराम बुझाउन अनिवार्य गरिएको छ।

प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  १६:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update