बैतडी– सुरेश अवस्थी–बैतडीको सुर्नया गाउँपालिकाका अध्यक्ष अम्मर बहादुर कुवरको नेतृत्वमा गाउँपालिका तीव्र गतिमा समग्र विकासको मार्गमा अघि बढिरहेको छ । शिक्षादेखि स्वास्थ्य, पूर्वाधारदेखि आधारभूत आवश्यकतासम्मका विभिन्न क्षेत्रहरूमा उनले देखाएको प्रतिबद्धता तथा कार्यान्वयनले आम नागरिकमा सकारात्मक प्रभाव पारेको छ ।
अध्यक्ष कुवरको नेतृत्वमा विद्युत्, खानेपानी, स्वास्थ्य सेवा, शिक्षा र पूर्वाधार क्षेत्रको उल्लेखनीय सुधार भएको छ । सुर्नया गाउँपालिकाको चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष कुवरले विद्युत् सेवाको विस्तार गर्दै गाउँका टोलहरू उज्यालो बनाउने काम भइरहेको बताए । त्यस्तै, स्वच्छ खानेपानीको सहज उपलब्धताका लागि विभिन्न योजनाहरू कार्यान्वयनमा रहेको उहाँले दाबी गरे। विद्यालय समायोजन कार्यक्रमलाई प्रभावकारी ढंगले अघि बढाइँदैछ, जसले शिक्षाको गुणस्तर अभिवृद्धिमा योगदान पु¥याउने अपेक्षा गरिएको अध्यक्ष कुवरले बताए ।
विद्यालय समायोजन प्रक्रियालाई पालिकाको मापदण्डअनुसार अघि बढाउँदै, नीति नियम पालना गर्ने विद्यालयहरूलाई हौसला र सम्मानस्वरूप पालिकाबाट रु १ लाख ५० हजार सहयोग प्रदान गरिएको बताए । यसले विद्यालयहरूलाई थप सशक्त पार्ने लक्ष्य लिइएको बताए।
यस्तै, उद्घाटन समारोहलाई सम्बोधन गर्दै स्वास्थ्य क्षेत्रमा आधारभूत सेवा प्रवाहलाई सुधार गर्दै गाउँपालिकाले गुणस्तरीय उपचार सेवा प्रदान गर्न पहल गरिरहेको समेत उहाँले प्रकाश पारे । ग्रामीण भेगमा यातायात, सडक तथा अन्य पूर्वाधार निर्माणका कार्यहरूलाई तीव्रताका साथ अगाडि बढाइएको बताउँदै यस वर्षको अन्त्यसम्ममा पालिकाभर १००% विद्युत् सेवा पुर्याउने प्रतिबद्धता समेत व्यक्त गरे । हालसम्म धेरै स्थानहरूमा विद्युत् लाइन विस्तार गरिसकिएको बताए ।
राजनीतिमा प्रवेश गर्नु अघि अध्यक्ष कुवर एक कुशल शिक्षकका रूपमा परिचित थिए । उनले शिक्षण पेशामार्फत समाजमा योगदान पु¥याएपछि स्थानीय विकासका लागि २०७९ को स्थानीय निर्वाचनमा सक्रिय राजनीतिक भूमिकामा प्रवेश गरेका थिए ।
उनले पदभार सम्हालेपछि विद्यालय स्तरोन्नति, स्वास्थ्य केन्द्रहरूको सुदृढीकरण, खानेपानी व्यवस्थापन, सडक तथा पुल निर्माणका विभिन्न योजनाहरू कार्यान्वयन गरिसकेका बताउँदै अबका दिनहरूमा थप विद्यालय सुधार, कृषि क्षेत्र प्रवद्र्धन, स्थानीय उत्पादनलाई बजारसम्म पु¥याउने तथा आयआर्जनका अवसर सिर्जना गर्ने योजनाहरू कार्यान्वयन गरिने उनले बताएका छन् ।
हिजो माघ २२ गते सुर्नया गाउँपालिकाको चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा अध्यक्ष कुवरले खेलकुदको महत्वबारे आफ्नो धारणा व्यक्त गर्दै खेलकुद युवाहरूका लागि अनुशासन, परिश्रम र राष्ट्रसेवाको भावना जागृत गराउने माध्यम भएको बताए । स्थानीय सरकारको तर्फबाट खेलकुद विकासलाई विशेष प्राथमिकता दिइएको र भविष्यमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गरिने उनले उल्लेख गरे ।
अध्यक्ष कुवरको दूरदर्शी नेतृत्वमा सुर्नया गाउँपालिका दिगो विकासको दिशामा अघि बढिरहेको छ । स्थानीय जनताको सक्रिय सहभागितासहित अघि बढाइएका परियोजनाहरूले समृद्ध भविष्य निर्माणको आधार तयार गरेका छन् । उनको प्रभावकारी नेतृत्व, पारदर्शी प्रशासन र समर्पित सेवाले गाउँपालिकालाई आधुनिक विकासको दिशामा अघि बढाउने विश्वास गरिएको छ ।