बैतडी– बैतडीको सुर्नया गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आज एक कार्यक्रमका विच उदघाटन गरिएको छ । श्री शंकर संस्कृत मा.वि. मूलखटालीको प्राङ्गणमा भएको कार्यक्रममा खेलकुद समिति संयोजक धन बहादुर महराको अध्यक्षता ,जिल्ला समन्वय समितीका प्रमुख खगेन्द्र सिंह धामिको प्रमुख आतिथ्य तथा गाउँपालिका अध्यक्ष अम्मर कुवर , गाउँपालिका उपाध्यक्ष मन्जु बोहराको बिशिस्ट आतिथ्यमा खेल उदघाटन गरिएको हो ।
जनप्रतिनिधिहरू, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरू, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू , शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीयवासीहरू कार्यक्रममा सहभागी रहेका थिए । चौथो राष्ट्रपति रनिङसिल्ड प्रतियोगितामा गाउँपालिका भरीका माध्यमिक तहका १३ विद्यालयका विद्यार्थीहरू सहभागी रहेका छन ।
प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१ १५:५८
प्रतिक्रिया दिनुहोस्