बैतडी -सुदूरपश्चिम विश्वविद्यालयको बीएएलएलबी कार्यक्रममा ढिलाइ भएको भन्दै सो कार्यक्रमका पहिलो ब्याचका आठ जना विद्यार्थीले विश्वविद्यालयका उपकुलपति डा। हेमराज पन्तसहित छ जनाविरुद्ध उच्च अदालत दिपायल महेन्द्रनगरमा रिट दायर गरेका छन्।
उनीहरूले विश्वविद्यालयका रजिस्ट्रार यज्ञराज पाठक, परीक्षा नियन्त्रक अनुराधा रोकाया, कानुन संकायका डीन भवानी चन्द ठकुरी, केन्द्रीय क्याम्पसका कोअर्डिनेटर भीमबहादुर फडेरा र कैलाली बहुमुखी क्याम्पसका कोअर्डिनेटर पदमबहादुर पाललाई समेत विपक्षी बनाउँदै रिट दायर गरेका हुन्।
विद्यार्थीहरूले पाँच वर्षमा सकिनुपर्ने बीएएलएलबी कार्यक्रम अनावश्यक रूपमा लम्बिएको, परीक्षा समयमा नहुने तथा शैक्षिक तालिका प्रभावित भएको भन्दै अदालतमा गुनासो पोखेका छन्। विशेषगरी, सातौँ सेमेस्टरको परीक्षा ढिलाइ नगरी तत्काल सञ्चालन गर्नुपर्ने र २०८२ चैतसम्म कार्यक्रम सक्नुपर्ने मागसहित उनीहरूले परमादेश जारी गर्न आग्रह गरेका छन्।
सोमवार दायर गरिएको उक्त रिटको सुनुवाइका लागि आज ९मंगलवार० पेसी तोकिएको छ।