Sagun Khabar
बैतडीको जगन्नाथ क्याम्पसमा नवनिर्मित सरस्वती मन्दिरको प्राणप्रतिष्ठा सम्पन्न

बैतडी–बैतडीको सदरमुकाम गोठलापानीस्थित जगन्नाथ बहुमुखी क्याम्पसमा वसन्त पञ्चमीको पावन अवसरमा नवनिर्मित सरस्वती मन्दिरमा विधिपूर्वक पूजाअर्चना गर्दै भव्य समारोहका बीच प्राणप्रतिष्ठा सम्पन्न गरिएको छ।

वि.सं. २०४६ मा स्थापित यस क्याम्पसमा निर्माण व्यवसायी इन्जिनियर पूरन रावलको आर्थिक सहयोगमा मन्दिर निर्माण गरिएको हो, भने दशरथचन्द नगरपालिकाकी उपप्रमुख कौशिला चन्दको सहयोगमा सरस्वतीको मूर्ति स्थापना गरिएको छ।

यस अवसरमा स्थानीय बाजागाजा र छलियासहित भव्य कलश यात्रा निकालिएको थियो। विद्यार्थी, प्राध्यापक, कर्मचारी तथा स्थानीय बासिन्दाको उल्लासमय सहभागितामा मूर्ति स्थापना एवं प्राणप्रतिष्ठा कार्यक्रम सम्पन्न भएको क्याम्पस प्रमुख डा. सुरेन्द्र कुमार बमले जानकारी दिनुभयो।

फोटो फिचर 

WhatsApp-Prent-2025-02-03-om-20.48.01_afdb3df0-1738596737.jpg

WhatsApp-Prent-2025-02-03-om-20.48.03_58df0505-1738596739.jpg

WhatsApp-Prent-2025-02-03-om-20.48.02_724bd090-1738596738.jpg

WhatsApp-Prent-2025-02-03-om-20.48.03_fbabc9ae-1738596740.jpg

WhatsApp-Prent-2025-02-03-om-20.48.04_271af838-1738596741.jpg

WhatsApp-Prent-2025-02-03-om-20.48.05_0da62778-1738596741.jpg

प्रकाशित मिति: सोमबार, माघ २१, २०८१  २१:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update